काँग्रेस गठबन्धनको विपक्षमा छैन, अप्ठेराहरूलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो : देउवा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस गठबन्धनको विपक्षमा छैन, अप्ठेराहरूलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो : देउवा


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुई मत नरहेको बताएका हुन् ।

‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, देउवाको भनाइ छ । उनले काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने पनि बताए ।

‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले गठबन्धन अझ एकताबद्ध बनाएर लैजान प्रतिबद्ध रहेको दाबी गरे ।

‘हामी अझ बढी एकताबद्ध भएर अघि बढ्छौ’, देउवाले भने, ‘अप्ठेराहरूलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्ने त होइन नि १’, देउवाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस