भक्तपुरमा मतदाता एक लाख ८९ हजार « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भक्तपुरमा मतदाता एक लाख ८९ हजार


१६ चैत्र २०७८, बुधबार


भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् ।

भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार ६५६, महिला २९ हजार ६१४ गरी कूल ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा पुरुष २२ हजार ९८०, महिला २४ हजार ३८५, तेस्रो लिङ्गी दुई गरी कूल ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष, २२ हजार सात महिला गरी कूल ४३ हजार १०५ मतदाता पुगेको जानकारी दिए।

त्यसै गरी निर्वाचन कार्यालयले भक्तपुरमा कूल ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरेको छ । जसमा भक्तपुर नगरपालिकामा १६ मतदान स्थल र ६२ वटा मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदान स्थल र ५३ वटा मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदान स्थल र ५८ वटा मतदान केन्द्र र मध्यपुरथिमि नगरपालिकामा १७ मतदान स्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस