चेपाङको घरमा आगो लगाउनु निन्दनीय : राज्यमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चेपाङको घरमा आगो लगाउनु निन्दनीय : राज्यमन्त्री


१५ चैत्र २०७८, मंगलबार


हेटौँडा । चितवन राष्ट्रिय निकुञ्जले चितवनको माडी नगरपालिका कुसुम खोलामा चेपाङ समुदायको घर भत्काउने र आगजनी गरेकोप्रति बागमती प्रदेश सरकारका राज्यमन्त्री सन्तबहादुर प्रजाले असन्तुष्टि जनाएका छन् ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले मङ्गलवार वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखी सुकुम्वासी चेपाङको घर भत्काउनु र आगजनी गर्नु निन्दनीय भएको बताएका हुन् ।

स्थानीय प्रशासन, प्रदेश र संघीय निकायसँग राय नलिई सरोकारवाला सङ्घ संस्थाबिच छलफलसमेत नगरी गत आइतबार घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेको राज्यमन्त्री प्रजाले बताएका छन् ।

उनले घर भत्काउने र आगो लगाउनेहरूमाथि आवश्यक छानबिन गरी कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

पत्र हेर्नुहाेस्:

Tags :
प्रतिक्रिया दिनुहोस