त्रिवि सेवा आयोगका प्रोफेसरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

त्रिवि सेवा आयोगका प्रोफेसरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । त्रिवि सेवा आयोगको कार्यालयका प्रोफेसर टेकनाथ ढकालसहित ६ जनामाथि भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ।

परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार ढकालसहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएकामा सहप्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे छन्।

उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्म र पाँच हजारदेखि दस हजार रुपैयाँ जरिवानाको माग दाबी लिएर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो।

त्यो परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएर उत्तर पुस्तिका परीक्षण गरेको आरोप आयोगलाई लागेको थियो।

गलत मनसाय राखी जम्मा प्राप्ताङ्क हेरफेर गरेको, मेरिट सूची फेरबदल गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस