६ प्रहरी उपरीक्षकको सरुवा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

६ प्रहरी उपरीक्षकको सरुवा


१४ चैत्र २०७८, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार बागमती प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सरुवा गरिएको छ भने सिन्धुपाल्चोकका राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङ खटाउँदै त्यहाँका जनार्दन जि.सी.लाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । गण्डकी प्रदेश स.प्र गण मुख्यालय पोखराका ऋषिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा गर्दै त्यहाँ कार्यरत मनोज कुमार यादवको गण्डकी प्रदेश स.प्र. गण मुख्यालय पोखरा कास्कीमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस