वर्तमान सरकार नालायक भएको ओलीको आरोप « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वर्तमान सरकार नालायक भएको ओलीको आरोप


१४ चैत्र २०७८, सोमबार


बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नालायक भएको आरोप लगाएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई नालायकहरूको सरकारको संज्ञा दिएका हुन् ।

नेपालको बिजुली भारतलाई ४ रुपैयाँमा बेचेर, भारतसँगै ३८ रुपैयाँमा किनेर त्यो बिजुली ९ रुपैयाँमा जनतालाई बेचेर भार थोपर्नु सरकारको नालायकी भएको उनले टिप्पणी गरेका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसलाई कुनै जमानाको बलियो साँढे भन्दै ओलीले अहिले वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए ।

कुर्सीमा बसेर नै संवोधन गरेका ओलीले सबै दल मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस