पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको निधन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको निधन


१४ चैत्र २०७८, सोमबार


ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ ।

बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो ।

प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भुईँमा ढलेको र प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जाने क्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस