भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतीय विदेशमन्त्री श्रीलङ्का भ्रमणमा


१४ चैत्र २०७८, सोमबार


कोलम्बो । भारतका विदेश मन्त्री एस जयशंकर श्रीलङ्का आइपुगेका छन् ।

श्रीलङ्काको राजधानी कोलम्बो आए लगत्तै उनले श्रीलङ्काका अर्थ मन्त्री बसिल राजापाक्षसँग भेटवार्ता गरेका छन् ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्काको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा उनीहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

भेटका क्रममा श्रीलङ्कालाई भारतले के कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा छलफल भएको र भारतको तर्फबाट सहयोगको बचन दिएको उनीहरूको भनाई छ ।

विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि गत शुक्रबार श्रीलङ्काको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।

बिमस्टेक बैठकमा सहभागी हुनका लागि श्रीलङ्का आएको मौकामा विदेशमन्त्री जयशंकरले भेटवार्ता गरेका हुन् । उनी यही मार्च २८ देखि ३० सम्म श्रीलङ्कामा रहने भएको छ । मार्च २९ मा बिमस्टेकको बैठक आयोजना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस