कैलालीमा बालिका बलात्कारको आरोपमा २ वृद्ध पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलालीमा बालिका बलात्कारको आरोपमा २ वृद्ध पक्राउ


१४ चैत्र २०७८, सोमबार


धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।

चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११–११ बर्सिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

चुरे गाउँपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

शनिबार जङ्गलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको डिएसपी जोशीले जानकारी दिए ।

शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीको भनाइ छ ।

यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले बालिका बलात्कार गरेको आरोपमा कल्लु दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटना ४-५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबार मात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस