मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्यपश्चिमको दीक्षान्त समारोह स्थगित


१४ चैत्र २०७८, सोमबार


कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ ।

यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए ।

विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस