आगलागीबाट ७ घर जलेर नष्ट, एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगलागीबाट ७ घर जलेर नष्ट, एक जनाको मृत्यु


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।

आइतबार दिउँसो भएको आगलागीबाट ६८ बर्सिया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासि आगलागी हुँदा उनकी आमा शिवमायाको  मृत्यु भएको हो ।

आगलागीबाट भैरवबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घर गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुँगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयवासी डण्डीकेशर मगरले जानकारी दिए ।
आगलागीबाट अन्नपात, लत्ताकपडा सबै जलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस