७३ साना दललाई उनीहरूकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

७३ साना दललाई उनीहरूकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरूको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ ।

आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरूको सङ्गठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।

त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस