थप ८ जनामा संक्रमण, २१० जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप ८ जनामा संक्रमण, २१० जना संक्रमणमुक्त


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९७ पीसीआर परीक्षणमा आठ जनामा संक्रमण पुष्टि भएको हो । ९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । काठमाडौँमा ३ जना, ओखलढुङ्गा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस