प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूलाई गेट आउट भन्न मिल्दैन : देउवा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूलाई गेट आउट भन्न मिल्दैन : देउवा


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच चुनावी गठबन्धनलाई लिएर कुराकानी भइरहेको छ ।

शनिवार (आज) काठमाडौँमा आयोजित कार्यक्रममा दुवै नेता एउटै मञ्चमा थिए । कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका थिए । गठबन्धन गरिरहने हो भने काँग्रेसको हालत पनि भारतको काँग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताएका छन् ।

काँग्रेस सभापति देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । उनले भने, ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौँ भन्दा फेरि मिलिदिए भने नि ? उहाँहरू मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔँ के भयो र १’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि १’

काँग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताए । काँग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’

गठबन्धनको पक्षमा उभिँदै आएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूलाई गेट आउट भन्न नमिल्ने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस