एमालेका कार्यकर्ताले सांसद साहमाथि आक्रमण गरेको जसपाको आरोप « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एमालेका कार्यकर्ताले सांसद साहमाथि आक्रमण गरेको जसपाको आरोप


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । जसपाले आफ्ना केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।

सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ ।

जसपाले विज्ञप्ति निकालेर भनेको छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’

घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकारसँग माग पनि गरेको छ ।

घाइते साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस