माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

माओवादी अध्यक्ष प्रचण्ड आज गोरखा जाँदै


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज गोरखा जाँदै छन् ।

प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा छन् । बिहीबार र शुक्रबार उनी गृह जिल्ला चितवनमा थिए ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै काँग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस