एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकै दिन प्रविधिमार्फत सम्बोधन गर्न लागेका हुन् । सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो ।

आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस