खुकुरी प्रहार गरेको आरोपमा शंखमूलबाट पाँच जना पक्राउ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

खुकुरी प्रहार गरेको आरोपमा शंखमूलबाट पाँच जना पक्राउ


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ। काठमाडौँको शंखमूलबाट खुकुरी प्रहार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ घर भई हाल काठमाडौँको जडीबुटीमा बस्दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु नगरपालिका-६ घर भई हाल जडीबुटी बस्ने ३४ वर्षीय रोशन लामा रहेका छन् ।

यस्तै मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २३ वर्षीय पुकार केसी, बतासे गाउँपालिका-९ घर भई भक्तपुर, राधे राधे बस्दै आएका २३ वर्षीय प्रवीण नेपाल र खाँडादेवी गाउँपालिका-३ घर भई जडीबुटी बस्दै आएका २७ वर्षीय सञ्जीव मोक्तान रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।

यसअघि काठमाडौँको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस