चीनमा बेपत्ता विमानको ब्ल्याक बक्स भेटियो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनमा बेपत्ता विमानको ब्ल्याक बक्स भेटियो


९ चैत्र २०७८, बुधबार


नान्नीङ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ ।

एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिण पश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो ।

बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको बुझाऊ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् ।

विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस