हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन


९ चैत्र २०७८, बुधबार


खलङ्गा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बताइन् ।

उनका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही–कसैले विना इजाजतका भरुवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वतःस्फूर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ ।

निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस