निजी गाडीलाई यात्रु बोक्न नदिने सहमति , खुल्यो सुर्खेतको यातायात « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निजी गाडीलाई यात्रु बोक्न नदिने सहमति , खुल्यो सुर्खेतको यातायात


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा खुलेको छ।

आज (बुधबार) बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए।

जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि १० बजेदेखि गाडी सञ्चालनमा आएका छन्।

‘उहाँहरुले रातो प्लेट भएका निजी गाडीले यात्रु बोक्न थाले भनेर विरोध गर्नुभएको हो, अब यो विषयमा ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने कुरा भएको छ,’ सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले भने, ‘यदि आवश्यक पर्‍यो भने व्यवसायीले पनि आफ्नो प्रतिनिधि अनुगमनमा खटाउन सक्ने कुरा भएको छ।’

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले प्रशासनले आफ्नो समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले गाडी सञ्चालन गरेको बताए ।

अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका थिए।

निजी गाडीले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमन गर्ने प्रयास नगरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए।

सम्बन्धित समाचार : निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द

Tags :
प्रतिक्रिया दिनुहोस