एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ कार्यसूची ! « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ कार्यसूची !


९ चैत्र २०७८, बुधबार


काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका कार्यसूची छन् ।

बैठक दुई दिनसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस