घट्यो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घट्यो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य


८ चैत्र २०७८, मंगलबार


सुन

काठमाडौँ । मंगलबार (आज) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।

अमेरिकाको केन्द्रीय बैङ्क फेडलर रिजर्भका प्रमुखले मुद्रास्फीतिसँग जुध्न कडा कदम चाल्ने बताएपछि यसको असर सुनमा समेत पर्न थालेको हो ।

मंगलबार (आज) अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ०.४ प्रतिशतले घटेर प्रति ओन्स एक हजार ९२८ डलर ३० सेन्टमा कारोबार भएको रोइटर्स समाचार माध्यमले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य समेत ०।४ प्रतिशतले घटेर प्रति ओन्स २५.०९ डलर पुगेको छ ।

युक्रेनमा रुसले हमला गरेपछि तेल, सुन र डलरको भाउ आकासिएको थियो । पछिल्लो समय तेलको भाउमा समेत भारी गिरावट हुन थालेको छ ।

यसै क्रममा मंगलबार (आज) सुनको मूल्य केही घटेको हो । तर रुस–युक्रेन युद्धका क्रममा विकसित हुने घटनाक्रमले आगामी भाउलाई निर्धारण गर्ने विश्लेषण हुन थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस