घर जग्गा बेच्न नदिँदा आमाको घाटी थिचेर हत्या, २ जना पक्राउ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

घर जग्गा बेच्न नदिँदा आमाको घाटी थिचेर हत्या, २ जना पक्राउ


८ चैत्र २०७८, मंगलबार


पक्राउ

कास्की । आफ्नै आमाको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१२ शीतलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरको कोठाभित्र घाँटी थिचेको डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा प्रहरीले शुक्रबार बिहान उनको शव फेला पारेको थियो ।

घटना अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरू २ जनालाई पक्राउ गरेको हो ।

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटक पटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथीलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति आमा निदाएको अवस्थामा घाँटी थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरू दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस