होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु, एक घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु, एक घाइते


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका-५ गोलढुंगास्थित हेमराज खड्का को घरमा डेरा गरी बस्ने ४३ वर्षीया डिवन कुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्काको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा हिजो (बिहीबार) साँझ ७:३५ बजे निधन भएको हो ।

यस्तै होली खेल्ने क्रममा छतबाट खसेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्की ग्रिन सिटी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस