न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ। मन्त्रालयले योग्यता, अनुभव र उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त पेस गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।

सात दिनभित्र आवेदन दिइसक्न मन्त्रालयले आग्रह गरेको छ। दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा सात वर्षको अनुभव भएको हुनुपर्दछ। पत्रकार आचारसंहिता उलङ्घनअन्तर्गत सजाय नपाएका व्यक्तिले दरखास्त दिन पाउँछन्।

Tags :
प्रतिक्रिया दिनुहोस