रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।

गृह मन्त्रालयले होटेल, रेस्टुराँ, डान्स–दोहोरी–क्लब, लाउन्जबारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेलको नेतृत्वमा गठित १४ सदस्यीय कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयका एक अधिकारीले बताए ।

नेपालमा स्थान अनुसार प्रहरीले रेस्टुरेन्टहरूलाई कतै ९ त कतै १० बजे नै बन्द गराउँदै आएको थियो भने कतिपय स्थानमा स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा समय सीमा तोकिँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस