दैलेखमा निसासिएर आमा छोराको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दैलेखमा निसासिएर आमा छोराको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार


दैलेख । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ ।

घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् ।

भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको गुन्द्री र सिरक चुल्होतिर पुगेर आगो सल्केको र उनीहरूको शरीरको केही भाग पोलिएको प्रहरीले बताएको छ ।

आमाको शरीरको पछाडिको भाग जलेको र छोराको हात जलेको प्रहरीले जनाएको छ । मृतकलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल पुर्‍याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस