नारायणकाजी समूह माओवादी बैठकमा जाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नारायणकाजी समूह माओवादी बैठकमा जाने


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा जाने भएको छ ।

माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो ।

यो समूहका सांसदद्वय गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले  एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसद्मा विरोध जनाएका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ । यो समूहका नेताहरूको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर सङ्घर्ष गर्ने भन्ने बहस छ ।

नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘केन्द्रीय समितिको बैठकमा जाने र आफ्ना कुरा राख्ने सल्लाह भएको छ ।’ उनका अनुसार एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्नो मत राख्ने यो समूहको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस