गृहमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधवार (आज) सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री र राजदूतबिच भेटवार्ता भएको हो ।

भेटमा गृहमन्त्रीले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए । जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए ।

एमसीसी पास गरेकोमा प्रधानमन्त्री देउवालाई भेटेर मङ्गलवार धन्यवाद दिएको राजदूत बेरीले बताए । एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताएका छन् ।

राजदूत बेरीले शरणार्थीलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस