रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर पक्राउ


१५ फाल्गुन २०७८, आइतबार


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।

उनलाई २ लाख ५० हजार रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । थप विवरण आउन बाकि रहेको उनले बताए ।

मेयर पटेल, उनका स्वकीय सचिवलगायत चार जना पक्राउ परे पनि उनीहरूको बारेमा थप विवरण आउन बाँकी रहेको शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस