अखिल अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित नेता कार्यकर्ता घाइते भएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीसँग झडपका क्रममा अध्यक्ष सिंहसहित एक दर्जन नेता कार्यकर्ता घाइते भएको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयले जनाएको छ ।

घाइते हुनेमा केशव रावल, समीर लुइँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादवलगायत एक दर्जनभन्दा बढी नेता कार्यकर्ता छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी प्रहरीले दर्जन बढी वाईसीएल र अखिलका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस