सर्वाधिक हवाई टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सर्वाधिक हवाई टिकट बुकिङमा चन्द्रागिरि घुम्ने अवसर


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ। आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् ।

च्याम्पियन अवधि ४ फेब्रुअरीदेखि १२ फेब्रुअरी २०२२ सम्म रहेको थियो भने सोही विजेताहरूको घोषणा लक्की ड्र मार्फत गरिएको छ ।

आइएमई पे मार्फत हवाई टिकट बुकिङ गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरू काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङलाई रानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको एक्स्क्लुसिभ अफर रहेको छ ।

उक्त अवसरमा बोल्दै आईएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले भ्यालेन्टाइन अफर अन्तर्गत भ्यालेन्टाइन प्याकेज जितेकोमा दुई जोडीलाई बधाई ज्ञापन गर्दै विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यास ब्याक(६ सय रुपैयाँ सम्म) रहेको र साथै आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरूको प्रतिक्रिया रहेको पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस