तुलसीपुरको जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तुलसीपुरको जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु


२८ माघ २०७८, शुक्रबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आगलागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुन सक्ने स्थानीयले आशङ्का गरेका थिए। सोही अनुसार हामीले ४ पुरुष र १ बालिकाको शव निकालेका छौँ’, डिएसपी अर्यालले भने, ‘खोजी र अनुसन्धान जारी छ। शवलाई अस्पताल पठाइएको छ।’

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस