रुसमा एकैदिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर अहिलेसम्मकै धेरै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुसमा एकैदिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर अहिलेसम्मकै धेरै


२१ माघ २०७८, शुक्रबार


मस्को । रुसमा गएको २४ घण्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँ बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो सङ्ख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको सङ्ख्या बढेको पनि पाइएको छ ।

रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरूमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् ।

यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस