स्विडेनमा लगाइएका कोरोना सम्बन्धी सबै प्रतिबन्ध हटाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्विडेनमा लगाइएका कोरोना सम्बन्धी सबै प्रतिबन्ध हटाइने


२१ माघ २०७८, शुक्रबार


स्टकहोम । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्विडेनमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ ।

अरु युरोपेली मुलुकहरुमा जस्तै स्विडेनमा पनि प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिइन् ।

‘देशमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्विडेन पुरै खुल्ला हुनेछ,’ उनले भनिन् ।

उनका अनुसार यही फेब्रुअरी ९ देखि लागु हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस