Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई


५ माघ २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्‍यो।

एपिएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे तापनि त्यो जीतका लागि पर्याप्त भएन ।

५४ बल खेलेका दीपेन्द्रले तीन चौका र दुई छक्काको मद्दतमा ६५ रनको योगदान दिएका हुन् । त्यसै गरी, दिलीप नाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । गुल्सन झाले ५, रासिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्र सिंह कार्कीले एक रन जोडे ।

एपिएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण विक शून्य रनमा आउट भए ।

त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन÷तीन विकेट लिए भने गुलशन झाले २ विकेट लिए । त्यस्तै, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक/एक विकेट झारे ।

सेमिफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि सुरुआत भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस