अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण पुष्टि


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज (मंगलबार) आएको रिपोर्ट अनुसार उनीमा सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्यलाभ लिइरहेको सचिवालयले जनाएको छ ।

कोरोना सङ्क्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस