प्रदेश र स्थानीय सरकारको पुँजी पनि सहकारीमा लगानी हुनुपर्छ : लालबाबु राउत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश र स्थानीय सरकारको पुँजी पनि सहकारीमा लगानी हुनुपर्छ : लालबाबु राउत


२६ पुस २०७८, सोमबार


जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्नेमा जोड् दिएका छन् ।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १८औँ वार्षिक साधारण सभालाई आज (सोमबार) जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी भए जनता अझ बढी लाभान्वित हुने बताएका हुन् ।

ग्रामीण जनताको आयस्तर उकास्न र जीवनशैली परिवर्तनमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सहकारी विज्ञहरुसँग छलफल गरेर प्रदेश सरकारले सहकारी सम्बन्धी ऐन ल्याउने उनले बताए ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैङ्क लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले समाजमा गर्नुपर्ने योगदान सहकारीले अझै गर्न नसकेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस