ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन आज (बिहीबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।

पाँच पूर्व सचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलुकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

ब्युरोका अनुसार २०४९ सालदेखि २०७० सालसम्म चार पटक कागजात कीर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चार वटा अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस