कोभिडको नयाँ भेरिएन्ट देखिन थाल्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोभिडको नयाँ भेरिएन्ट देखिन थाल्यो


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ ।

यो भेरिएन्टलाई बी.१.१।.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ ।

वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज ९एनआईसीडी०’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो ।

जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ ।

यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरिएको छ । कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन ।

वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।

वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमणको दर तीव्र हुनुका साथै बिरामीमा गम्भीर लक्षण देखा पर्न सक्ने बताएका छन् ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१।७_, डेल्टा -बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । तर डेल्टा भेरिएन्टको दाँजोमा ‘बी.१.१.५२९’ को ‘रिसेप्टर बाइन्डिङ डोमेन’ मा समेत १० प्रकारको परिवर्तन (म्युटेसन) पाइएको हुँदा अत्यन्त सतर्कता अपनाउनुपर्ने भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले जानकारी दिए ।

नयाँ भेरिएन्टका कारण महामारीको जोखिम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार आकस्मिक बैठक बोलाएको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले पनि सूचना जारी गर्दै नयाँ भेरिएन्ट सोचिएभन्दा छिटो फैलिइरहेको उल्लेख गरेको छ । दैनिक दुई सयजति नयाँ संक्रमित देखिइरहेको दक्षिण अफ्रिकामा बिहीबार मात्र एक्कासि त्यो संख्या बढेर २ हजार ४ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरिएन्ट भेटिएका र संक्रमण बढेका मुलुकबाट आउने सबै यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत सतर्कता अपनाउन थालिएको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस