नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा दाहालले जीते आइफोन १२


१२ कार्तिक २०७८, शुक्रबार


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी ई सेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।

नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो ।

लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरेका हुन् ।

नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ई सेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।

आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिई ई सेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए । तर जब ई सेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा सर्प्राइज भएको जनाए ।

दाहालले अगाडी थपे आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वसनीयता बढ्दै गएको छ भने यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ ।

आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस