चुनढुङ्गा उत्खनन गर्दा खानेपानीको मुहान सुक्ने भन्दै आपत्ति « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीको मुहान सुक्ने भन्दै आपत्ति


७ आश्विन २०७८, बिहिबार


तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ ।

संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीको मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो ।

‘हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ’, उनले भने, ‘त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ ।’

संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुङ्गा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताए। उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू–गर्भ विभाग काठमाडौँलाई पत्र पनि पठाएको छ । त्यस स्थानबाट चुनढुङ्गा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उनले बताए । ‘यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्’, उनले भने, ‘त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पुर्‍याउन सक्छौँ ।’

तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उनले बताए । विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन् । त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस