जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य


१० भाद्र २०७८, बिहिबार


मोरङ । प्रदेश– १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । विकास निर्माणको कामलाई परिणाममा पुर्‍याउने बताउँदै उनले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताए ।

साथै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलसँग मन्त्रिमण्डलमा सहभागिताका लागि छलफल गरिने जानकारी मुख्यमन्त्री आचार्यले दिए । उनले गणतन्त्रलाई संस्थागत गर्ने र अवस्था हेरी मन्त्रालयको आकार घटबड हुनसक्ने छ भने । मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस