नेपाल–खनाल पक्ष त्यागेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल–खनाल पक्ष त्यागेका पहाडी सामान्य प्रशासन मन्त्री बन्दै


प्रशासन संवाददाता

२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। आज विस्तार हुने मन्त्रिमण्डलमा गणेश कुमार पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका पहाडीले केही दिन अघि उक्त समूह त्यागेर ओली समूहमा आएका थिए।

उनी नवौँ महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। पहाडीले २०७४ मा सिन्धुलीबाट चुनाव जितेका थिए।

केपी शर्मा ओलीको तीन वर्षे कार्यकालमा पहाडीसमेत गरेर चार जना सामान्य प्रशासन मन्त्री भई सकेका छन् । पहिलो मन्त्रिपरिषद् बैठकमा लालबाबु पण्डित रहेका सामान्य प्रशासनमा पण्डितलाई हटाएर हृदयेश त्रिपाटी ल्याइए । उनको स्वास्थ्यमा सरुवा गरेर दार्चुलाका गणेश ठगुन्ना भित्र्याइए । र पछिल्लो पटक उनलाई पनि हटाएर अहिले पहाडीलाई ल्याइएको छ ।

कर्मचारी संयन्त्रको नेतृत्व गर्ने सामान्य प्रशासन महत्त्वपूर्ण मन्त्रालय मानिए पनि पछिल्लो समय मनमौजी मन्त्रीहरू नियुक्त गरिदिँदा सार्वजनिक प्रशासनको अवस्था खस्किँदो छ । यसैको उदाहरण भन्नुपर्छ तीन तीन जना मन्त्री फेरिँदा पनि सार्वजनिक प्रशासनको मूल कानुन सङ्घीय निजामती सेवा ऐन आउन सकेन र अझै आउने कुनै छाँटकाँट पनि देखिँदैन ।

 

Tags :
प्रतिक्रिया दिनुहोस