जर्मनीबाट ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जर्मनीबाट ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री आइपुग्यो


२५ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। जर्मन सरकारले नेपाललाई दिएको ६२ वटा भेन्टिलेटरको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस