स्वास्थ्यकर्मीमाथि आक्रमण गरे २ देखि ५ वर्षसम्म जेल, यस्तो छ अध्यादेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे २ देखि ५ वर्षसम्म जेल, यस्तो छ अध्यादेश


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ ।

कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले आफूमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारबाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो कानुनी व्यवस्था गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस