कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा) को निधन भएको छ ।

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।

उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोकप्रिय नेताको रुपमा स्मरण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस