कार्यदलको औचित्य नभएको भन्दै वार्ता बन्द गर्न माधव निकट चार नेताको पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कार्यदलको औचित्य नभएको भन्दै वार्ता बन्द गर्न माधव निकट चार नेताको पत्र


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गर्दै पत्र लेखेका छन् ।

जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् ।

शीर्ष नेताहरूलाई निष्कासनको निर्णय ओलीले गरेकाले कार्यदलको औचित्य सकिएको भन्दै पत्रमा उल्लेख छ ‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौँ’

२ जेठ २०७५ अगाडिको एमाले कायम भएर मात्रै समस्या हल नहुने पनि पत्रमा उल्लेख छ । राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रियसभा उपनिर्वाचनमा आफ्नै उम्मेदवार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको पनि संस्मरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस