सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट, किन्न भने केन्द्रै पुग्नुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी कम्पनीका खाद्यवस्तुमा आजदेखि २० प्रतिशत छुट, किन्न भने केन्द्रै पुग्नुपर्ने


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका खाद्य सामानहरु किन्दा आजदेखि २० प्रतिशत छुट दिने भएका छन् । दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा निषेधाज्ञाभरि छुट उपलब्ध हुने छ ।

कर्पोरेसनले पिठो, चिनी, नुन, खाना पकाउने तेल तथा खाद्य कम्पनीले सात प्रकारको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ भने खाद्य व्यवस्था कम्पनीले काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकमा रहेका बिक्री केन्द्रमा गएर छुटसहितको सामग्री किन्न सकिने जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री केन्द्रमै जानुपर्ने सूचना जारी गर्दै कम्पनीका सामग्री खरिद गर्दा सम्पर्क नम्बरसहित परिचय खुल्ने कागजात देखाउनु पर्नेछ जनाएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिकका क्रममा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस